आजै सानो आकारको मन्त्रीमण्डल बनाइने – Sahayogi Man Nepal

आजै सानो आकारको मन्त्रीमण्डल बनाइने

   December 26, 2022  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि सोमबार नै सानो आकारको मन्त्रीमण्डल बनाउने नेकपा (माओवादी केन्द्र) ले निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले मन्त्रीपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो ।

श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । सोमबार अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै