ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता – Sahayogi Man Nepal

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

   December 25, 2022  

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ । सो छलफलमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अशोक राई पनि सहभागी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गर्नुभएको एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।

भेटवार्तामा एमाले, माओेवादी, रास्वपा र राजपाका शीर्ष नेता पनि सहभागी रहनुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै