कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा सार्वजनिक
नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो ।
अब केहीबेरमा मतगणना सुरू हुनेछ । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन् । ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए ।
संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
