डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाको सहयोग – Sahayogi Man Nepal

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाको सहयोग

   December 19, 2022  

डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो ।

गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६.६ रेक्टर स्केलको भूकम्पले ६ जनाको ज्यान गएको थियो भने ३ हजार ८ सय घरटहरा भत्किएका थिए । काठमाडौं महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई रु १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए ।

उनले भने– ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौं, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’ उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौं महानगर पालिकाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै