काभ्रे–२ मा गोकुलप्रसाद बाँस्कोटा निर्वाचित – Sahayogi Man Nepal

काभ्रे–२ मा गोकुलप्रसाद बाँस्कोटा निर्वाचित

   November 25, 2022  

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग ५ हजार ८ सय ६३ मतान्तरले विजयी भएका हुन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा १ लाख ३ हजार ३ सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत भएका थिए ।

वि.सं.२०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गरेका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गरेका थिए । उनी पार्टीको पोलिटब्युरो सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै