नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि – Sahayogi Man Nepal

नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि

   November 22, 2022  

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६ हजार ४ सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले २ हजार ६ सय ५८ मत ल्याएका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङले २ हजार ३ सय २१ मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार डा प्रद्युम्न महतले ७ सय १ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा ककनी गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ को गणना सम्पन्न भएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फ प्रदेश २ मा २ हजार २ सय ४७ मतगणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले ९ सय ७९ मत, नेपाली कांग्रेसका रमेशकुमार महतले ८ सय ४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले २ सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी भयो ।

क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि

निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् ।

प्रतिनिधिसभातर्फ ३ हजार ८ सय ६० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २ हजार ७६ मत, नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले ९ सय ५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले सात सय ५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उनको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढङ्गानाले २ हजार २ सय ५६ मत ल्याएर अग्रता कायमै राखेका छन् भने एमालेका उम्मेदवार केशवराज पाण्डेको १ हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले ४ सय २९ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै