सिन्धुपाल्चोक १ मा एमालेको अग्रता – Sahayogi Man Nepal

सिन्धुपाल्चोक १ मा एमालेको अग्रता

   November 22, 2022  

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) को अग्रता लिएको छ ।

सो पार्टीका उम्मेदवार सरेश नेपालले ३ हजार ८५ मत प्राप्त गरेका छन् लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले २ हजार ९ सय १ मत प्राप्त पछ्याइरहेका छन् । प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ ।

उनले २ हजार १ सय ३९ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले १ हजार ९ सय २१ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा बस्नेतले ३ हजार १ सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले १ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् । प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ ।

उनले ३ हजार ३५ मत पाएका छन् भने एमालेका अमानसिं तामाङले १ हजार ८ सय ३३ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको ४ वटा वडा गणना सम्पन्न भएकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै