नेपालले १ सय ९२ रनको लक्ष्य पायो – Sahayogi Man Nepal

नेपालले १ सय ९२ रनको लक्ष्य पायो

   November 16, 2022  

युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९२ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै अलिशन शराफुले ३५, भ्रित्य अरबिन्दले २५, बसिल हामिदले २४, कप्तान सिपी रिजवानले २२ तथा विष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले सम्मान ३–३ विकेट लिए भने करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । ३ खेलको सिरिजमा युएई १–० ले अघि रहेको छ । युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै