क्रमिकरूपमा तापक्रम घट्दै – Sahayogi Man Nepal

क्रमिकरूपमा तापक्रम घट्दै

   November 16, 2022  

जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री र अधिकमत तापक्रम २२.० डिग्री सेल्सियस रहेको छ । त्यस्तै बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३०.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै