चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने – Sahayogi Man Nepal

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

   November 10, 2022  

मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको २ सय ३१ मतदान केन्द्रमा १ हजार ८ सय ५७ कर्मचारी र ९ सय ३० स्वयंसेवक खटिने भएका छन् ।

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल १ लाख ९२ हजार २ सय २६ मतदाता रहेका छन् । १ नम्बर क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नम्बर क्षेत्रमा ९५ हजार ५ सय ६१ मतदाता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै