‘नामी’ कलेजका ५०० बढी विद्यार्थी दीक्षित – Sahayogi Man Nepal

‘नामी’ कलेजका ५०० बढी विद्यार्थी दीक्षित

   December 23, 2021  

काठमाडौँ । नयाँ आयाम मल्टी-डिसिपिलेनरी इन्टिच्युट,’नामी’ कलेजका ५०० बढी विद्यार्थी दीक्षित भएका छन् । नर्थहेम्पटन विश्वविद्यालय युकेसँगको सहकार्यमा सञ्चालित नामी कलेजले बुधबार काठमाडौंको याक यान्ड यती होटलमा आफ्नो दोस्रो औपचारिक दीक्षान्त समारोह समापन गरेको हो ।

सन् २०१२ मा स्थापना भएको नामी कलेजले समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गतका ५०० बढी विधार्थीहरुलाई दीक्षित गरिएको प्रिन्सिपल सन्जिव उदासले जानकारी दिनुभयो । दीक्षित विद्यार्थीहरूलाई शुभकामना ज्ञापन गर्दै नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले नेपालमा नै उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरूका लागि कलेज उच्च दर्जामा रहेको बताउनुभयो । त्यस्तै,समारोहमा प्रमुख अतिथिका रुपमा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला थापा,अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्ट, कलेजका डाइरेक्टरहरू क्याप्टेन रामेश्वर थापा, सुरेशराज घिमिरे, योगराज कडेंल, सिता बास्तोला लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो । काठमाडौँको गोकर्णेश्वरमा रहेको कलेजले विश्वस्तरिय कोर्सहरू अध्यापन गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै