प्रवासी नेपाली मञ्चको अभिवेशन १९ र २० गते काठमाडौंमा – Sahayogi Man Nepal

प्रवासी नेपाली मञ्चको अभिवेशन १९ र २० गते काठमाडौंमा

विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौंमा हुने भएको छ ।

मञ्चले बुधबार यहाँ पत्रकार सम्मेलन गरी ‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूलनाराका साथ काठमाडौंमा अधिवेशन आयोजना गर्न लागिएको जनाकारी दिएको हो । अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, ५ महादेश कमिटिबाट ५ जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी ३ सय प्रतिनिधि सहभागी हुनेछन ।

अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ । प्रवासी नेपाली मञ्चको इन्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटि सदस्य एंव विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सङ्गठनलाई नेतृत्व प्रदान गरिरहेका छन् । सोही अवसरमा विदेश विभाग प्रमुख डा भट्टराईले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन प्रयास भइरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै