नाइजेरियामा बाढीले ५ सयभन्दा बढीको मृत्यु – Sahayogi Man Nepal

नाइजेरियामा बाढीले ५ सयभन्दा बढीको मृत्यु

भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा ५ सयभन्दा बढीको मृत्यु भएको छ । बाढीमा परेर १ हजार ५ सय ४६ जना घाइते भएका छन् ।

हालसम्म ३१ राज्य र सङ्घीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा ७ लाख ९० हजार २ सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन् ।

बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका तथा ४५ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । १ लाख ४० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन आंशिक वा पूर्ण रूपमा क्षति भएको अबुजामा बाढीको अवस्था अद्यावधिक गर्ने क्रममा १ जना सरकारी अधिकारीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै