वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन – Sahayogi Man Nepal

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

   September 18, 2022  

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आईतबार ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेका गौतमको श्रीमती र दुई छोरा छन् ।

उनी काठमाडौंको कमलपोखरीमा जन्मीएका थिए । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाका सदस्य गौतमको आईतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै