प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता – Sahayogi Man Nepal

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरू बालुवाटार गएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन् । उनीहरूबीच अहिले भेटवार्ता जारी छ ।

स्रोतका अनुसार नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूले छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नगरी अघि बढेको बताइरहेका थिए ।

चुनावको मिति घोषणा गर्दा पनि प्रतिपक्षी दलसँग परामर्श नगरिएको आरोप एमालेको थियो । तर सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेता ओलीलाई टेलिफोन गरे पनि त्यसबेला सम्पर्क हुन नसकेको प्रतिक्रिया दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै