स्वयम्भू महाचैत्यको परिक्रमा – Sahayogi Man Nepal

स्वयम्भू महाचैत्यको परिक्रमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागी भइ स्वयम्भू महाचैत्य परिक्रमा गरेका छन् । १ महिना मनाइने मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ ।  यसैक्रममा सोमबार बिहान मन्त्री श्रेष्ठ स्वयम्भू भगवान्को दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा रेका हुन् ।

यो पर्व बुद्ध धर्मावलम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताए ।  काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उनको भनाइ छ । ‘गुँला’ महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा (खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ ।

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछिपछि भक्तजन रहने गर्दछन् । यस पर्वले विभिन्न बाजालगायत संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको चर्चा गर्दै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै