१७७ जनामा कोरोना भाइरस सङ्क्रमण – Sahayogi Man Nepal

१७७ जनामा कोरोना भाइरस सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार १ सय २६ जनामा गरिएको परीक्षणमध्ये सोमबार १७७ जनामा सङ्क्रमण देखिएको हो ।

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

योसँगै निको हुनेको सङ्ख्या ९ लाख ६७ हजार ७ सय ६५ पुगेको छ । निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।

अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा १ जना र सघन उपचार कक्ष (आइसियु) मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९ सय ७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै