प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा गएनन् – Sahayogi Man Nepal

प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा गएनन्

प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उपस्थित भएका छैनन् । प्रधानमन्त्री देउवालाई आइतबार बैठकमा उपस्थित समितिले निर्देशन दिएको थियो।

अमेरिका भ्रमण, एसपिपीलगायत विषयमा समितिकै सदस्यहरूले प्रश्न उठाएपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलाइएको थियो । समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवा बैठकमा नआउने जानकारी आएको बताइन् ।

समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाण जाने सम्भावना छ । यसअघि समिति बैठकमा परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्माले जवाफ दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै