दियो थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य – Sahayogi Man Nepal

दियो थाइल्याण्डले नेपाललाई जितको लागि ९० रनको लक्ष्य

आईसीसी १९ वर्षमुनि (यू–१९) महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन् । त्यस्तैं बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रनको योगदान दिइन् । नेपालको मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान २–२ विकेट लिइन् भने स्नेहा महराको नाममा १ विकेट रह्यो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसअघि ३ खेल खेलेको नेपालले २ खेलमा जित तथा १ खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै