काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा – Sahayogi Man Nepal

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ ।

३२ वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी २ वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले (आज) बिहीबार साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनीधिले विजय हासिल गरिसकका छन् भने उपप्रमुख र बाँकी २ वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।

त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डङ्गोलको जीत हुने देखिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै