तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन – Sahayogi Man Nepal

तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन

काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले नगरकार्यपालिका सदस्यको भेलाले ५ महिला र ३ दलित तथा अल्पसङ्ख्यक सदस्य गरी ८ सदस्य सर्वसम्मत चयन गरिएको जानकारी दिए ।

उनका अनुसार नगर कार्यपालिका सदस्यमा अञ्जु बस्नेत, अप्सरा खड्का, अशोक मगराती, गीता परियार, निर्मला मिजार, शान्ता थपलिया र सुन्तली परियार सर्वसम्मत चयन भएकी छिन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत पोखरेलले प्रमाणपत्र समेत हस्तान्तरण गरे । अन्तिम मतपरिणाम आएको ३ दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जन र उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित भएका थिए ।

यस्तै, अधिकांश वडामा पनि कांग्रेसले नै विजय हासिल गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा ११ वडा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै