सिरहा जिल्ला गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी – Sahayogi Man Nepal

सिरहा जिल्ला गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । (आज) मंगलबार बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन् ।

श्रेष्ठ ७ हजार ९ सय ८ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार देवनाथ साहले ५ हजार ७ सय १ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित साहले ७ हजार ७ सय ३ मत ल्याए भने उनी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले ५ हजार ६ सय ४३ मत प्राप्त गरे ।

कूल १३ वडा रहेको गोलबजारको ६ वडामा एमाले, ३ वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी २–२ वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

देशभरको अवस्था हेर्दा अहिले सम्म २०२ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै ३२२ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले १२१, ए. समाजवादीले १८, जसपा ३०, लोसपा १६ स्थानमा बिजयी भएको छ ।

देशभरमा नेकपा एमाले २ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ४ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले १ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १ स्थानमा लोसपा १ स्थानमा र ए. समाजवादीले १ स्थानमा लिड गरेको अवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै