बेलकोटगढि नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका जगत बहादुर गुरूङ, उपमेयरमा नेपाली काँग्रेसका शिव प्रसाद दाहाल बिजयी
बेलकोटगढि नगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रका जगत बहादुर गुरूङ, उपमेयरमा नेपाली काँग्रेसका शिव प्रसाद दाहाल गठबन्धनको सपोटमा फराकिलो मतान्तरले बिजयी भएको छ ।
देशभरको अवस्था हेर्दा अहिले सम्म १९२ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै ३१३ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले १२०, ए। समाजवादीले १७, जसपा २९, लोसपा १४ स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले १३ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले १२ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले २ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले २ स्थानमा लोसपा ३ स्थानमा र ए। समाजवादीले २ स्थानमा लिड गरेको अवस्था छ ।
