काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा गठबन्धनको अग्रता – Sahayogi Man Nepal

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा गठबन्धनको अग्रता

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन् । वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले ९ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का कञ्चन अधिकारीले ६ हजार ४७ मत प्राप्त गरेको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का चेतप्रसाद गौतमले ७ हजार १ सय ५८ मत प्राप्त गरेृका छन् । भने एमालेका सूर्यमाया दनुवारले ६ हजार ९ सय ५१ मत प्राप्त गरेका छन् ।

निर्वाचित १० वटा वडा अध्यक्षहरूको सुची

वडा नं. १ माओवादी केन्द्रका जयबहादुर तामाङ
वडा नं. २ कांग्रेसको रामेश्वर दाहाल
वडा नं. ३ कांग्रेसको सुन्दर अधिकारी
वडा नं. ४ कांग्रेसको सुन्दर तामाङ
वडा नं. ५ नेकपा एमालेका सीताराम ढुङ्गाना कांग्रेसको रामकृष्ण दङ्गाल
वडा नं. ६ नेकपा (एकीकृत समाजवादी) का रामशरण दुलाल
वडा नं. ७ कांग्रेसको रामकृष्ण दङ्गाल
वडा नं. ८ कांग्रेसको सञ्जय तामाङ
वडा नं. ९ नेकपा एमालेका रामकाजी श्रेष्ठ
वडा नं. १० नेकपा एमालेका नारायणप्रसाद सापकोटा
वडा नं. ११,१२ र १३ मतगणना जारी छ ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गरेका छन् । सो वडामा पुनः दोहोर्‍याएर मतगणना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै