सिन्धुपोल्चोक पाँच पोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोश्रो कार्यकालको लागि पूर्ण विजयी – Sahayogi Man Nepal

सिन्धुपोल्चोक पाँच पोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोश्रो कार्यकालको लागि पूर्ण विजयी

सिन्धुपोल्चोक पाँच पोखरी थाङ्रपाल गाउँपालिकाको अध्यक्षमा र उपाध्यक्षमा दोश्रो कार्यकालको लागि नेकपा (एमाले) बाट फेरी पनि भरी मतले पूर्ण विजयी हुनु भएको छ ।

यही मिति २०७९–१–३० गते भएको स्थानीय चुनावमा पाँच पोखरी थाङ्रपाल गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले) का टासी लामा ५ हजार ६ सय ८ मतले विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा (एमाले) बाट नै ५ हजार ७ सय २२ मतले सुनिता अधिकारी विजयी हुनुभएको छ ।

अघिल्लो स्थानीय चुनाव २०७४ पनि यो पालिका बाट अध्यक्षमा टासी लामा र उपध्यक्षमा सुनिता अधिकारी नै निर्वाचित भएका थिए ।

उहाँहरु सहित विभिन्न पार्टीबाट निर्वाचित हुनुभएको वडा अध्यक्षहरु एवंम निर्वाचित नगर सभाका सबै सदस्यहरूलाई हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

देशभरको अवस्था हेर्दा अहिले सम्म १७५ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै २८४ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ११२, ए. जसपा २० र समाजवादीले १४, स्थानमा बिजयी भएको छ ।

देशभरमा नेकपा एमाले २३ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ४४ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले १० स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १४ स्थानमा लोसपा ६ स्थानमा र ए. समाजवादीले ५ स्थानमा लिड गरेको अवस्था छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै