काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकामा मेयरमा टोकबहादुर तामाङ र उपमेयरमा विष्नुमणी नेपाल विजयी
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकामा मेयरमा टोकबहादुर तामाङ र उपमेयरमा विष्नुमणी नेपाल विजयी हुनूभएको छ ।
यही मिति २०७९–१–३० गते भएको स्थानीय चुनावमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाबाट मेयरमा (नेकपा एकीकृत समाजवादी) का टोकबहादुर तामाङ तामाङ ९ हजार ४ सय ६ मते विजय हुनुभएको छ भने उपमेयरमा कांग्रेसका युवा नेता विष्नुमणी नेपाल ११ हजार ३ सय ५ मतले विजय हुनुभएको छ ।
उहाँहरु सहित विभिन्न पार्टीबाट निर्वाचित हुनुभएको वडा अध्यक्षहरु एवंम निर्वाचित नगर सभाका सबै सदस्यहरूलाई हार्दिक बधाई एवंम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
देशभरको अवस्था हेर्दा अहिले सम्म १६४ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै २४८ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले १०६, ए. जसपा १६ र समाजवादीले १३, स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले ३५ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ७३ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले १३ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १४ स्थानमा लोसपा १३ स्थानमा र ए. समाजवादीले ६ स्थानमा लिड गरेको अवस्था छ ।
