भरतपुरमा रेनु दाहाल १७ सय मतले अरू भन्दा अगी
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की मेयर उम्मेदवार रेनु दाहालले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो पारेकी छिन् । उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १७१२ मतले अगाडि छिन् ।
२७ हजार ४ सय ३८ मत गन्दा रेनुले ९ हजार ९ सय ७० मत पाएकी छिन् भने यता नेकपा एमालेका उम्मेदवार विजयले ८२५८ मत पाएका छन् । यस्तै बागी उम्मेदवारी दिएर भुँईकटहर चिन्हबाट चुनाव लडेका जगन्नाथ पौडेलले भने ४ सय ५ सय ४ मत पाएका छन् ।
यता उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । उनले ११ हजार ९ सय ५६ मत पाएका छन् । यता राप्रपाका हिमाल गुरूङले भने ६ हजार ७ सय ४२ मत पाएका छन् ।
यो सँगै वडा नम्बर ६ को मतगणना पनि सकिएको छ । यस वडामा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २ हजार ७ सय ३५ मत पाएका छन् भने नेकपा एमालेका २ हजार १ सय १७ मत पाएका छन् ।
देशभरको अवस्था हेर्दा अहिले सम्म १२४ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै १९८ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ८४, ए. समाजवादीले ७, जसपा ५ स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले ७७ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ११६ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ३३ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले २७ स्थानमा लोसपा १२ स्थानमा र ए. समाजवादीले १३ स्थानमा लिड गरेको अवस्था छ ।
