सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा नेपाली काङ्ग्रेसको प्यानलै बिजयी – Sahayogi Man Nepal

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा नेपाली काङ्ग्रेसको प्यानलै बिजयी

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा नेपाली काङ्ग्रेसको प्यानलै बिजयी हुनुभएको छ ।

स्थानिय चुनावमा निर्वाचित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएको वडा अध्यक्षमा श्री कालीदेवी मा.वि. कदमबास को पूर्व प्रधानाध्यापक श्री बिमल श्रेष्ठ ज्यू तथा सम्पूर्ण प्यानलै सहित बिजय हुनुभएकोमा उहाँहरु लगायत सम्पुर्ण नवनिर्वाचित वडा सदस्य ज्यु हरुमा हार्दिक बधाई तथा सफल राजनीतिक कार्यकालको शुभकामना व्यक्त गदर्छौं ।

देशभरको अवस्था हेर्दा अहिले सम्म ९१ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै १४० स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ६७, ए। समाजवादीले ४, जसपा ३ स्थानमा बिजयी भएको छ । देशभरमा नेकपा एमाले १०७ स्थानमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले १७० स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ५४स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले २९ स्थानमा लोसपा १२ स्थानमा र ए। समाजवादीले १५ स्थानमा लिड गरेको अवस्था छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै