मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पाए १० हजारभन्दा बढी मत, – Sahayogi Man Nepal

मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पाए १० हजारभन्दा बढी मत,

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (आज) मंगलबार बिहानको ताजा मत परिणाम अनुसार उनले १० हजार २४१ मत पाएका छन् । यसले शाहको अग्रतामा थप फराकिलो बनाएको छ ।

बालेन्द्र नेकपा एमालेको उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७ सय ८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४ सय ९९ मत अन्तरले शाह अगाडि छन् । अहिले सम्मको मतगणना अनुसार केशव स्थापितले ५ हजार ४ सय ५३ र सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत पाएकी छन् ।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन् । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४ सय १९ मतसहित पाएका छिन् भने अझै पनि डंगोलको अग्रता कायमै रहेको छ ।

सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५ सय ७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७ सय ९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४ सय ४ मत पाएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै