कामपामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै
काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ६ सय ९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम रोखेका छन् ।
नेकपा (एमाले) का केशव स्थापितले २ हजार ९ सय ९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले २ हजार ६ सय ९२ मत प्राप्त गरीनन् निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले ५ हजार ८ सय ९६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।
वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् ।
केही समयभित्र वडा १ को पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौं जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । कामपामा हालसम्म १४ हजार ७ सय ७८ मत गणना भएको जनाइएको छ ।
