१ हजार ४ सय ले बढ्यो सुनको मूल्य आज कति पग्यो तोलाको ?
बिहीबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ हजार ४ सय ले उकालो लागेर रु ९८ हजार ६ सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार २ सय मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७ सय थियो ।
त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले बढेर रु १ हजार ३ सय ५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस १ हजार ९ सय डलर आसपास कारोबार भइरहेको छ ।
