आज पनि घट्यो सुनको मूल्य, कति पुग्याे तोलाको ? – Sahayogi Man Nepal

आज पनि घट्यो सुनको मूल्य, कति पुग्याे तोलाको ?

मंगलबार सुनको मूल्य प्रतितोला रु १ हजारले घटेकेछ । बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ हजारले घटेर रु ९७ हजार २ सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २ सय मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७ सय थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु १ हजार २ सय ९० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस १ हजार ८ सय ५८ डलर आसपास कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै