प्रतितोला रू ८ सय ले घट्यो सुनको मूल्य कति पुग्याे बजारमा ताेलाकाे
सुनचाँदी बजारमा (आज) सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ८ सय ले घटेर रु ९८ हजार २ सय तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७ सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५ सय थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु १ हजार २ सय ९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस १ हजार ८ सय ८३ डलर आसपास कारोबार भइरहेको छ ।
