‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानी नेपाललाई – Sahayogi Man Nepal

‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानी नेपाललाई

युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार’ यस वर्ष सिस्नुपानी नेपाल संस्थालाई प्रदान गर्ने भएको छ ।

हास्यब्यङ्ग्यका माध्यमबाट देशको विकृति, विसङ्गति र बेथितिलाई चिर्दै जागरणको शङ्खघोषमा दिएको योगदान मूल्याङ्कन गर्दै प्रतिष्ठानले सिस्नुपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा भएको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १११औं जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका प्रवक्ता रामबाबु सुवेदीले जानकारी दिए ।

यसैगरी वि.सं २०७७, २०७८ र २०७९ सिद्धिचरण युवा पत्रकारीता पुरस्कार क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि प्रतिष्ठानका उपाध्यक्ष मोहन लोहनीको संयोजकत्वमा समिति गठन गरीएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै