घट्दै सुनचाँदीको मूल्य कति पुग्यो बजारमा तोलाको
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५ सय थियो ।
त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु १ हजार ३२० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔँस १ हजार ८ सय ७७ डलर आसपास कारोबार भइरहेको छ ।
