बेलकोगढीमा गठबन्धन एमालेको पुरानै उमेद्धार – Sahayogi Man Nepal

बेलकोगढीमा गठबन्धन एमालेको पुरानै उमेद्धार

बेलकोटगढी नगरपालिकामा एमालेको तर्फबाट पूर्व मेयर राजेन्द्र रमण खनालले पुनः उमेद्धारी दिएका छन् । यस अघि झिनो मतले पराजित भएकी उपमेयर रुपा सापकोटाले पुनः उमेद्धारी दिएकी छिन् ।

कांग्रेस र माओबादी गठबन्धन गरी मेयरमा जगत बा. गुरूङले उमेद्धारी दर्ता गराएका छन् भने, उपमेयरमा शिव प्रसाद दाहाले उमेद्धारी दर्ता गराएका छन् ।

यस अघि मेयर वा उपमेयरमा पुरुष तथा महिला हुनुपर्ने वाध्यकारी व्यवस्था थियो । गठबन्धन गर्ने भएपछि दुई पद मध्ये महिला हुनुपर्ने सर्त मान्य नहुने निवार्चन आयोगले प्रष्ट गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै