प्रतितोला रु ९०० सय ले सुनको मूल्य घट्यो आज कति पग्यो बजारमा – Sahayogi Man Nepal

प्रतितोला रु ९०० सय ले सुनको मूल्य घट्यो आज कति पग्यो बजारमा

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु १ लाख २ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८ सय कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७ सय थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु १ हजार ३ सय ५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १ हजार ९ सय २ डलर आसपास कारोबार भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै