भारतमा २४ घण्टामा २ हजार ४ सय ५१ कोरोनाका नयाँ सङ्क्रमित थपिए – Sahayogi Man Nepal

भारतमा २४ घण्टामा २ हजार ४ सय ५१ कोरोनाका नयाँ सङ्क्रमित थपिए

भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म २ हजार ४ सय ५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ५२ हजार ४ सय ५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो ।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार १ सय १६ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २ सय ४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म १ हजार ५ सय ८९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै