हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड – Sahayogi Man Nepal

हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

गएराति मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ ।

मध्यराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि आफूलाई खबर गरेका थिए ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ । ‘जानकारी आउनासाथ आफू घटनास्थल पुगेर हेर्दा मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक गल लगाएर उखेलेर फालिएको अवस्थामा थियो,’ अध्यक्ष भण्डारीले भने ।

अध्यक्षका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन् । ‘त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी २ शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य हो’, अध्यक्ष भण्डारीले भने, ‘घटनाबारे प्रहरीले खोज अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै