अक्सिजन प्लान्टमा विष्फोट हुँदा १ भारतीय नागरिकाे मृत्यु
बिहीबार बिहान करिब १० बजे ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।
सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन् । उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्याइएको छ ।
‘नायब उपरीक्षकले भने अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो । १ जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक छन् । प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो छन् ।
घाइतेलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । १ जनाको भने अवस्था गम्भीर भएको प्रहरी उपरीक्षक शाहले बताएका छन् ।
