सुन प्रतितोला रु ४०० ले घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु १ लाख २ हजार १०० सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु १ लाख २ हजार ५०० सय मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार मंगलवार तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु १ लाख २ हजार थियो ।
त्यस्तै मंगलवार चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थीर रही प्रतितोला रु १ हजार ४ सय २० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगवार सुन प्रतिऔंस १ हजार ९ सय ७४ डलर आसपास कारोबार भइरहेको छ ।
