घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु , २ जनाको अवस्था गम्भीर – Sahayogi Man Nepal

घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु , २ जनाको अवस्था गम्भीर

   July 20, 2021  

बागलुङ, ५ साउन
गलकोट नगरपालिका (७ मल्मस्थित मल्म खानेपानी आयोजनामा काम गर्ने रोल्पा सुनिल स्मृती गाउँपालिका (५ गजुल बस्ने २१ वर्षीय दिपेन्द्र पुन मगर समेत ४ जनाको घरेलु मदिरा सेवनबाट सोमबार राति मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।
गलकोट नगरपालिका (७ बस्ने भद्र बहादुर थापाको मिलन किराना पसलमा घरेलु मदिरा ८ बोतल, चाउचाउ, दालमोट र बिस्कुट समेत सेवन गरी कोठामा गएका उनीहरु बिरामी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी हटियाबाट खटिएको प्रहरी टोलीले उपचारका लागि तत्काल ईमेर्जेन्सी पोलिक्लिनिक हटिया हुँदै धवलागिरी अस्पताल बागलुङ पठाएकोमा थप उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । अन्य २ जनाको उपचार भइरहेको छ ।
पसल सञ्चालक भद्र बहादुर थापा र मदिरा उत्पादन गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय भक्त बहादुर बलाललाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै