आजको बजारमा सुनचाँदीको मूल्य
सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु १ लाख १ हजार ५०० सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु १ लाख १ हजार थियो ।
त्यस्तै शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु १ हजार ४ सय १५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔंस १ हजार ९ सय ७३ डलर आसपास कारोबार भइरहेको छ ।
