प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्राको तयारी पूरा – Sahayogi Man Nepal

प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्राको तयारी पूरा

टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा शुक्रवार देखि सुरु हुँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा शुक्रवारदेखि काठमाडौं महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ ।

जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहेका काठमाडौं–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । भातको देउता बनाएर शुक्रवार टुँडालदेवीमा लगिने जानकारी पनि उनले गराए ।  शुक्रवार बेलुकीदेखि हुने जात्राका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

काठमाडौंमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये भाटभटेनी पनि एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ । यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ ।

यो जात्राको सुरु भएका सम्बन्धमा एउटा कथा प्रचलित छ ।  धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल हाल गहनापोखरी भएको स्थानमा गएछन् ।

स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नाका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै