गृहमन्त्री बालकृष्ण खाँण र महासचिव चन्दन सिंहबीच भेटवार्ता – Sahayogi Man Nepal

गृहमन्त्री बालकृष्ण खाँण र महासचिव चन्दन सिंहबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा बुधवार भएको भेटमा वि.सं. २०७५ फागुनमा सरकार र तत्कालीन सिके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुसी व्यक्त गरे । साथै उनले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताए ।

सहमति कार्यान्वयनका लागि चाँडै अर्को बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै