मानसिक रोगकाे सिकारले पनि बलात्कारका घटना घटन सक्छन। – Sahayogi Man Nepal

मानसिक रोगकाे सिकारले पनि बलात्कारका घटना घटन सक्छन।

   July 20, 2021  

पछिल्लो समय  बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु दिनानु दिन बढदै गइरहेका छन। बलात्कारमा शिशुदेखि  ९२ वर्षकी वृद्धासमेत परेका छन् । अझ परिवारभित्रैबाट हिंसा र बलात्कृत भएका छन् । सामूहिक बलात्कार भएका छन् । बलात्कार र बलात्कारपछि हत्या भएका छन् । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएका छ। बलात्कार  ब्यक्तिको मान सम्मान र प्रतिष्ठा बिरुद्धको अपराध हो । बलात्कारका घटना बढनुको पछाडि धेरै कारणहरु हुन सक्छन । जस्तो गरिबी , बेरोजगारी , यौन शिक्षाको कमी, इन्टरनेट तथा सामाजिक संजालको दुरुपयोग , फितलो कानुन र न्याय प्रणालीमा ढिला सुस्ति , पुरुषबादि सोच र हैकम आदिको कारणले गर्दा पनि बलात्करका घटनाहरु बढदै गएको पाईन्छ  ।
यसका अलबा बलात्कारका घटना हुनुको पछाडि केही मनोबैज्ञानिक तथा मानसिक स्वास्थ्य समस्याले समेत भुमिका खेलिरहेको हुन्छ । बलत्कार कसुरमा सजायको ब्यबस्था कानुनले स्पष्टसँग गरेको छ ।  मुत्यु दण्ड बा कडा कानुनले मात्र यस्तो अपराध कम हुन्छ भन्न सकिँदैन । नेपालको संविधान र नेपालले अन्तर्राष्ट्रिय जगतमा नेपालले गरेका सन्धि सम्झौताका आधारमा पनि मुत्यु दण्डको कानुन बनाउन सकिदैन । यसको लागि शिक्षा , चेतनाको बिकास नै उतम उपाय हो ।
बलात्कारीको यौन अंग छेदन गर्नु पर्ने , मुत्यु दण्ड  दिनु पर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन । तर बलात्कारका घटनामा यस्ता केहि मानसिक रोग तथा मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा  कमि आउदैनन।

बलात्कारका  घटनाहरु किन हुन्छन ? बलात्कारका घटनाहरु हुनुका  पछाडीका मानसिक तथा मनोबैज्ञानिक कारणहरु यस्ता हुन सक्छन्  ।

असामाजिक ब्यक्तित्ब : जसलाई साईकोपाथ भनेर पनि भनिन्छ ।  ब्यक्तित्बसगँ सम्बन्धित यस्तो  मानसिक समस्या भएका ब्यक्तिले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या, बलात्कार गर्न समेत पछि नपर्ने  जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न सक्छन ।

यौनको लत : यौनको लत लागेका ब्यक्तिहरु यौन प्रति अति नै आशक्त हुन्छन । उनीहरुमा कहिल्यै  यौनको प्यास मेटिदैन । यस्तो  खालको यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त, बालबालिका केही पनि नभन्न सक्छन । बलात्कार गर्न समेत पछि पर्दैनन् ।

अप्राकृतिक यौन व्यवहार : जो व्यक्तिले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , उनीहरुले अरुको भावना बुझ्न सक्दैनन र स्वभाबिक यौन व्यवहार गर्न पछि पर्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्न सक्ने सम्भावना बढि हुन्छ ।

नैतिक पतन : नैतिक रुपमा पतन भएका ब्यक्तिले  तल्लो स्तरको ब्यबहार गर्न पनि पछि पर्दैन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिहरुबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।

यौन कुण्ठा : अबिबाहित, श्रीमतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेको अबस्थामा तथा  यौन कुण्ठाले भरिएको ब्यक्तिले  बलात्कार गर्न सक्छन ।

लागू प्रदार्थको सेबन : हाम्रो समाजमा धेरै जसो बलात्कारका घटनाहरु लागू प्रदार्थको सेवनका कारणले हुने गरेको देखिन्छ । जाँड रक्सी तथा लागू प्रदार्थ  सेबन गरेका बेला  ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलात्कारका घटना घटन सक्छन् ।

पोनोग्राफी र साईबर सेक्सको लत : पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसँग शारिरिक सम्बन्ध, भन्नेजस्ता टाईटलमा  अस्लित भिडियो धेरै भेटिन्छन।  यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रुपमा पतन हुने सम्भावना हुन्छ । यस्ता कुराहरुबाट यौन शिक्षा बटुलेका किशोर किशोरीमा यौन बिचलन  आउन सक्छ ।

मानसिक रोग : मेनिया वा उन्माद नामक कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार  अव्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो देखिदैन । उसमा आत्मबल, जोस शारीरिक शक्ति बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ।  जुनसुकै बेला र जो सुकैसँग पनि शारीरिक सम्बन्ध राख्न तयार हुन्छ । यौनको आवेगलाई नियन्त्रण गर्न सक्दैन । यस्ता व्यक्तिबाट बलात्कारका घटनाहरु हुन सक्छन्  ।

शरिरिक कारण : विभिन्न कारणहरुले शरिरमा सेक्स हर्मन बढदा यौन चाहना पनि बढ्छ ।  यस्तो अबस्थामा आफुलाई यौन अनुशासनमा राख्न नसक्दा बलात्कारका घटना हुन सक्छन ।

अति बिश्बास गर्नु : घर परिबारका सदस्य तथा आफन्तहरु  बिच चाहिने भन्दा बढि घनिष्टता हुनु , अरुलाई अति नै  बिस्बास गर्नु तथा  नाता – सम्बन्ध अनुसारको व्यवहार गर्न नजान्नु  र यौनको मामिलामा अनुशासन र दायरा भित्र बस्न नजान्दा पनि हाडनाता करणीका घटना हुन पुग्छन।

मनोबैज्ञानिक असर : सानोमा यौन दुर्ब्यबहार र यौन शोषणमा  परेका ब्यक्तिहरु पछि गएर आफू पनि यौन अपराधी हुन सक्छन ।

बदलाको भवना  र प्रतिशोध :
कतिपय अबस्थामा जानिजानी तथा रिस र उत्तेजनामा बदलाको भावना लिएर प्रतिसोध साध्ने उदेश्यले पनि यस्ता घटना भईरहेका हुन्छन ।

यौन अनुशासन नहुनु :  यौन अनुशासन नभएको , पतित , बिखण्डित तथा  चरित्रहिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलित हुन सक्छन ।

यी र यस्ता अन्य यौन समस्या ( बिचलन) , मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण यौन अपराध , जबर्जस्ती करणीका घटनाहरु हुन  सक्छन  ।  बलात्कारको घटनामा संलग्न  ब्यक्ति मानसिक रुपमा स्बस्थ ब्यक्ति होइन । किन कि मानसिक रुपमा स्बस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र ब्यबहार गर्छ । कुनै कार्य  गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । तर  यी र यस्ता गुण नभएको ब्यक्तिलाइ मानसिक रुपमा अस्वस्थ मानिन्छ ।

गोपाल ढकाल , मनोबिद्, (लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् )

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै