मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य – Sahayogi Man Nepal

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

मलेसियाले त्रिकोणात्मक टि–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।

मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने ।

जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा १ चौकासहित १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी व्याटिङमा उत्रेको छ ।

उसले १३ ओभरमा २ विकेटको क्षतिमा ११८ रन बनाएको छ । जारी सिरिजमा नेपाल ३ खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै