नेप्सेमा ३०.४३ अङ्कको गिरावट
धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर २ हजार ५७२.२३ मा रोकिएको परिसूचक सोमवार ३०.४३ अङ्कले घट्दै २ हजार ५४१.८३ मा आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । सोमवार २३१ कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता शेयर रु २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ मूल्यमा खरिद बिक्री भएको थियो । नेप्सेकानुसार अघिल्लो कारोबार दिनका तुलनामा सोमवार बजार १.१८ प्रतिशतले घटेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अङ्कले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।
सबै उपसमूहका शेयर मूल्यमा गिरावट
नप्सेका अनुसार सोमवार कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य घटेका छन् । सोमवार बैंकिङ ८.६३, व्यापार ६०.५८ होटल तथा पर्यटन २४.४१, विकास बैंक ७५.०९, जलविद्युत् २४.३, वित्त ४९.०५, निर्जीवन बीमा २५२.४९, उत्पादन ८४.८७, अन्य ४३.३६, लघुवित्त ४०.४८, जीवन बीमा ३४२.०६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९३ अङ्कले ओरालो लागेका छन् ।
सोमवार बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको रु २२ करोड २४ लाख ७० हजार ३ सय ६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु ९ करोड ३० लाख २३ हजार १ सय १६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको रु ६ करोड ८ लाख ७९ हजार ३ सय ४३, नेपाल लाइफ इन्सुरेन्सको रु ५ करोड ७७ लाख ८६ हजार ८ सय ५० र लाइफ इन्सुरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रु ५ करोड ६५ लाख ३१ हजार २ सय ४४ मूल्य बराबरको कारोबार भई शीर्ष ५ मा परेका छन् ।
राष्ट्रउत्थान लघुवित्त संस्था १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको बजारमा इमर्जिङ् नेपाल लिमिटेडको ९.९९ प्रतिशतले र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थको ६.१ प्रतिशतले बढेका छन् । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको २.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइसिएफसी फाइनान्स कम्पनीको शेयर मूल्य भने ४.८२ प्रतिशले घटेको छ । सानिमा लाइफ इन्सुरेन्स ४.५२ प्रतिशतले, ज्योति लाइफ इन्सुरेन्स ४.४५ प्रतिशतले, ग्रीनलाइफ हाइड्रोपावर ४.३८ प्रतिशतले र प्रुडेन्सीयल इन्सुरेन्स कम्पनीको शेयर मूल्य ४.३२ प्रतिशतले घटी शीर्ष ५ मा परेका छ ।
