राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ – Sahayogi Man Nepal

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित भएका थिए ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएको थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै