आज विश्वापसको मत लिदै प्रधानमन्त्री शेरबहादुर देउवा – Sahayogi Man Nepal

आज विश्वापसको मत लिदै प्रधानमन्त्री शेरबहादुर देउवा

संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची राखिएको छ ।
सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि सुरु हुँदै छ ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वानसको मत लिने तयारी गरेका हुन् ।
विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ ९सभामुख बाहेक०, एमालेको १२१ ९माधव नेपाल पक्ष–२३ ०, जसपा ३२ ९उपेन्द्र यादव पक्ष–१९० तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै